Message

मुलकमा जनताले अपेक्षा गरेको संघिय लोकतान्त्रिक गणतन्त्र र २०७२ सालको संविधानको परिकल्पनामा समावेशीको सिद्धानतमा राष्ट्र अग्रगमन तिर अगाडी बढोस भन्ने सन्दर्भमा टेलिभिजन लगायत अन्य संचार माध्यमको पनि अहम भुमिका रहने भएको हुदा भेष, भुषा , भाषा, शिक्षा , भुगोल, संस्कृति र पहिचान अतः ओझलमा परेका गहनाहरुको उजागर गर्न विश्व सामू पर्यटन तिर अकार्षित गर्न टेलिभिजनले भुमिका खेलेको देखिन्छ । राष्ट्र राष्ट्रियताको मौलिकपनमा विल्कुलै आँच आउने काम यस संचारमाध्यमवाट परिकल्पना पनि गर्न नसकिने र आताङ्क गतिविधी देशद्रोही गतिविधी प्रसारण गरिने छैन् । कुनै पनि जातिको अवहेलना गरिने छैन् , जाती –जाती वीच द्वन्द सिर्जना हुने किसिमको गतिविधी तथा देशको गोप्य सुचना चुहावट तिर अझ सतर्क रहि सुचना सम्प्रेषण गर्ने छ । संघ , प्रदेश तथा स्थानियतह अन्तर्गत खेलकुद, रोजगार मुलक , आधुनिक कृषि, लोप हुन लागेको वन जंगल र वन्य जन्तु आदीवासी जनजाती थारु, रानाथारु, दलित, महिला, मधेसी, मुस्लिम, दृष्टिविहिन , अपाङ्गता तथा अल्प संख्यक जातिका हकहित संरक्षण सम्बन्धि संविधानले दिएको अधिकार जस्ता कार्यक्रम संचालन गर्नेछ । बाल बालिकामा बौद्घिक बिकासका लागी खेल सामाग्री पाठ्यक्रम स्थानीयतहले विभिन्न जात जातीको आफ्नै भाषामा लागु गरेको शैक्षिक पाठ्यक्रम शिक्षाको कार्यक्रमलाई विशेष प्राथमिकतामा जोड दिईनेछ । पहाडी क्षेत्रमा रहेको कुसांस्कार जाती छुवाछुत, छाउपडी प्रथा सम्वन्धि जनचेतना र सो सम्वन्धी कानुनले नै रोक्न खोजेको कार्यक्रम सम्प्रेषण गर्न राष्ट्रको गतिशिलता विकासमा टेवा पुर्याउनका लागी प्रतिष्ठित विद्वान, विज्ञ, व्यक्तित्वहरुका बीच वहस छलफल र कवि श्रष्टाहरुका लेख रचना ओझेलमा परेकालाई उजागर गर्न हाम्रो मूल उद्देश्य हो।